arrow

मुम्बईमा धारा १४४ लागू

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
mumbai-police-india.jpeg

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १७ संक्रमित देखिएसँगै मुम्बईमा आज र भोलिका लागि धारा १४४ लागू गरिएको छ । भारतका अन्य सबै राज्यमा भन्दा बढी ओमिक्रोन भेरियन्टका संक्रमित महाराष्ट्रामा देखिएका हुन् ।

संक्रमण थप फैलिन नदिन मुम्बईमा र्‍याली, मोर्चा, जुलुस या सवारी साधनको जुलुसलाई प्रतिबन्ध लगाइएको छ । यसको उल्लंघन गर्नेहरुलाई धारा १८८ अन्तर्गत कारबाही गरिनेसमेत बताइएको छ ।

यद्यपि, अन्य दुई कारणले धारा १४४ लागु गरिएको स्रोतलाई उदृत गर्दै इन्डिया टाइम्सले लेखेको छ । पहिलो  पार्टी प्रमुख असदुद्दीन ओवैसीसमेत सहभागी हुने गरी अखिल भारतीय मजलिस ए इत्तेहादुल मुस्लिमीनपार्टीले आयोजना गरेको जुलुसलाई लिएर धारा १४४ लागु गरिएको हो । 

यो जुलुसमा सहभागी हुन विभिन्न ठाउँबाट कार्यकर्ता आउने बताइएको छ । यद्यपि, धारा १४४ लागु भएपछि पनि पार्टीले जुलुस निकाल्ने तयारी गरिरहेको बताइएको छ ।

यस्तै अर्काे सञ्जय राउतको बयानबिरूद्ध भाजपाले नियोजित विरोध प्रदर्शन गर्ने तयारीलाई लिएर हुनसक्ने बताइएको छ । भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३० नाघेको छ । यसबीच मुम्बईले थप संक्रमण रोक्न यस्तो कदम चालेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ