arrow

दलबलसहित प्रकाशमान राष्ट्रिय सभागृहमा, यी छन् साथमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
congress-14th-election1111.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह सभापतिको उम्मेदवारी दर्ता गराउन राष्ट्रिय सभागृहमा पुगेका छन् । उनी दलबलसहित उम्मेदवारी दर्ता गराउन सभागृह पुगेका हुन् । 

उनको साथमा सुजाता कोइराला, राजेन्द्र केसी, दीपक खड्का, दीपक कुइँकेल, कठमाडौं जिल्लाका सभापति सबुज बानियाँ लगायत रहेका छन् । 

बाजागाजासहित उनी सभागृहमा पुगेका हुन् । संस्थापन इतरसँग सहमति जुट्न नसकेपछि प्रकाशमान आफ्नो टिम लिएर उम्मेदवारी दर्ता गराउन पुगेका हुन् । 
 

 उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय आजै बेलुकी ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन आजै राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय भोलि बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि दिउँसो दिउँसो १२ः१५ बजे र मतदान पर्सी सोमबार बिहान ८ बजेदेखि हुनेछ । 

यस महाधिवेशनमा कांग्रेस नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् । 

हिजै महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन भएको थियो । 
 



नयाँ