arrow

नर्वे विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा, आइभरी कोस्ट पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
wcf-2026-norway-ivory-coast-32.jpg

काठमाडौँ । नर्वे विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न अन्तिम ३२ को खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको हो । 

अमेरिकाको डालास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्यो । नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गरे । 

खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियाल्लोले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि खेलको ८६औँ मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै पनि गोल भएन र नर्वे अन्तिम १६ मा पुग्यो । 

अब अन्तिम १६ मा नर्वेले ब्रजिलको सामना गर्नेछ । ब्रजिलले जापानलाई पराजित गर्दै अन्तिम १६ को यात्रा गरेको हो । 



नयाँ