arrow

अथक योद्धा ओझा कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
puskar-raj-ojha.JPG

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा पुष्करराज ओझाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनले सुदूरपश्चिम प्रदेश खुल्ला (दुई पद) मा उमेदवारी दिएका हुन् । 

सात दशकको उमेरमा पनि आफूलाई जनमुखी कार्य अगाडि बढाउन सक्रिय उनले कांग्रेसका तर्पmबाट २०७४ सालमा कञ्चनपुर क्षेत्र नम्बर २, ‘क’ बाट प्रदेशसभा सदस्यको चुनावमा समेत प्रतिस्पर्धा गरेका थिए । 

उनी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा जिल्ला विकास समिति कञ्चनपुरको उपसभापति भएका थिए । उनी २०५५ सालमा तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तार समितिको अध्यक्ष भएका थिए । 

को हुन् ओझा ? 
रैकवार विचवा, राजघाटका पुष्कर विद्यार्थी जीवनमै प्रजातान्त्रिक आन्दोलनमा सरिक भएका थिए जुन हालसम्म जारी छ । पञ्चायतकालमा उनको घर प्रजातान्त्रिक आन्दोलनका अभियन्ताहरुको आश्रय स्थलसमेत थियो ।

हुनेखाने घरको सदस्य र शैक्षिक योग्यता हुँदाहुँदै पनि उनले पाएका इच्छित सरकारी जागिरमा आफूलाई संकुचित नपारेर प्रजातान्त्रिक धारमा आपूmलाई प्रवाहित गराएका थिए । 

२०३६ सालको जनमतसंग्रह होस् वा २०४२ सालको सत्याग्रह अनि २०४६ सालको प्रजातान्त्रिक आन्दोलन उनको सक्रिय सहभागिता रहेको थियो । जसका कारण उनी राज्यपक्षको धरपकडमा परेका थिए । 

तस्बिरः बायाँबाट क्रमशः वीपी कोइराला, पुष्करराज ओझा, तारणीदत्त चटौत र शेरबहादुर देउवा ।

२०६२–२०६३ को जनआन्दोलन शुरु हुनु एक वर्ष पहिले शाहीकालमा राजा ज्ञानेन्द्रको सरकारले पुष्करलाई धनगढी कारागारमा थुनेर राखेको थियो । त्यसअघि पार्टीको निर्देशनअनुसार उनले आठ–नौ महिना काठमाडौंमा बसेर शाही सरकारविरुद्ध सञ्चालित आन्दोलनमा सहभागिता जनाएका थिए ।  

नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालादेखि, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मको सामिप्यमा रहेर पुष्करले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुँदा जेलनेलको सजाय पाएका छन् । 

हाल देउवा र रामचन्द्र पौडेलले लोकतान्त्रिक अभ्यासमार्फत समुन्नत नेपाल बनाउन थालेको महाअभियानमा सक्रिय उनले आफ्नो सम्पूर्ण ऊर्जाशील जीवनको क्षण जनताका लागि उत्सर्ग गरेका छन् । 

तस्बिरः शेरबहादुर देउवासँग पुष्करराज ओझा ।

निष्ठाको राजनीतिलाई जीवनको लक्ष्य र आदर्श बनाएका पुष्कर सरल जीवनशैली, मित्रवत व्यवहार र जनताको  सुख दुःखमा सधै घरआँगनमा उपस्थित रहने सक्रियता जनताले बिर्सेका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ