- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जिनान । पूर्वी चीनको शानडोङ प्रान्तको यानताई शहरको तटीय क्षेत्रमा आइतबार बिहान कार्गो जहाज डुब्दा बेपत्ता भएका चालक दलका सात सदस्यको उद्धारकर्ताहरूले खोजी गरिरहेका छन्।
दुर्घटना हुँदा चालक दलका १४ सदस्य सवार थिए । उद्धार ब्युरोले बिहान ४:४३ मा उक्त दुर्घटनाको रिपोर्ट प्राप्त गरेको जनाइएको छ । हालसम्म तीन जनाको उद्धार गरिएको छ भने चार जनाको शव फेला परेको छ ।
बेपत्ता चालक दलका सदस्यहरूको खोजीका लागि उद्धार हेलिकप्टर र उद्धार जहाज पठाइएको छ।