arrow

अमेरिकाको निर्देशनमा यूएईले रोक्यो चिनियाँ निर्माण कार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
im-449054.jpg

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा चीनले प्रयोग गर्दै आइरहेको बन्दरगाहमा थप भइरहेको निर्माण कार्यमा रोक लगाएएको छ । बेइजिङले सैन्य गतिविधि सञ्चालन गर्ने उद्देश्यले त्यहाँ थप निर्माण काम गरिरहेको भन्दै अमेरिकाले सो कार्य रोक्न यूएईलाई निर्देशन दिएको थियो ।

यद्यपि गत महिना नै यूएईले सो निर्माण कार्यमा रोक लगाएका रिपोर्टहरू आए पनि अहिले मात्रै त्यहाँका अधिकारीले पुष्टि गरेका हुन् । युएईका कूटनीतिक सल्लाहकार अनवर गर्गासले निर्माण कार्यमा रोक लगाइएको पुष्टि गरेका हुन् । चीनले सैन्य गतिविधिको उद्देश्यले निर्माण कार्य गरिरहेको आफूलाई नलागेको युएईले जनाएको छ ।

अमेरिकी र यूएईका अधिकारीहरूबीच पटक पटक भएको वार्तापछि अबुधाबी नजिकको बन्दरगाहमा भइरहेको निर्माण कार्यमा रोक लगाएको हो ।  अमेरिकी खुफिया एजेन्सीहरूले सो बन्दरगाहमा चीनले सैन्य रणनीति अनुसार थप निर्माण कार्य गरिरहेको पाएपछि राष्ट्रपति जो बाइडेन प्रशासनले यूएई र अमेरिकाबीचको सम्बन्ध बिग्रिन सक्ने चेतावनी दिएको थियो ।

पूर्णरुपमा व्यावसायिक परियोजनाका रूपमा चित्रण गरिए पनि सो बन्दरगाहमा आउने जहाजहरु चिनियाँ सेनाले बन्दरगाहमा प्रवेश गर्ने र अन्य जानकारी सङ्कलनका लागि प्रयोग गर्ने अमेरिकी खुफिया एजेन्सीले देखाएका थिए ।

वाशिंगटनस्थित यूएई दूतावासका प्रवक्ताले यूएईले कहिल्यै पनि चिनियाँ सैन्य आधार वा कुनै पनि प्रकारको चौकी होस्ट गर्ने सम्झौता गर्ने मनसाय नराखेको बताएका छन् ।

चीनले यस किसिमको बन्दरगाह पाकिस्तान र श्रीलङ्कामा बनाइ सकेको छ । चीनले पूर्वी अफ्रिकी मुलुक जिबूतीमा पहिलो बाह्य सैन्य अखडा स्थापना गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ