arrow

भारतमा आठ हजार बढी संक्रमित थपिए

logo
एएनआइ,
प्रकाशित २०७८ मंसिर २६ आइतबार
lockdown-india-corona.jpg

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा सात हजार ७७४ जनामा कोरोना संक्रमण देखा परेको छ । भारतमा अझै पनि ९२ हजार २२८ जना सक्रिय संक्रमित रहेका आइतबार जनाइएको छ । 

यसै अवधीमा कोरोना संक्रमणबाट ३०६ जनाको मृत्यु भएपछि कोरोना शुरु भएबाट हालसम्म चार लाख ७५ हजार ४३४ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

गएको २४ घण्टामा भारतमा आठ हजार ४६४ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख २२ हजार ७९५ जनालाई कोरोनाको संक्रमण निको भएका छन् । 

भारतमा कोरोना भाइरस निको हुने दर ९८.३६ प्रतिशत रहेको जनाइएको छ । यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको सामाचारमा जनाइएको छ । 

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ५८ लाख व्यक्तिको कोरोना परिक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । 

सो समयदेखि हालसम्म एक अर्ब ३२ करोड ९३ लाख डोज खोप लगाइएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ