arrow

मन्डेलालाई जेल मुक्त गर्ने डे क्लर्कलाई अफ्रिकाले दियो श्रद्धाञ्जली, चार दिनसम्म राष्ट्रिय शोक

logo
एएफपी,
प्रकाशित २०७८ मंसिर २६ आइतबार
mandela-deklerk3.jpg

केप टाउन । दक्षिण अफ्रिकाले आइतबार श्वेत शासन कालका अन्तिम राष्ट्रपति एफडब्ल्यू डे क्लर्कलाई आइतबार राष्ट्रद्वारा औपचारिक श्रद्धाञ्जली अर्पण गरिएको छ । 

नेल्सन मन्डेलालाई जेलबाट मुक्त गरेर दक्षिण अफ्रिकालाई रङ्गभेदयुक्त शासनबाट प्रजातन्त्रका लागि योगदान गरेको मानिन्छ ।

डे क्लर्क क्यान्सरको समस्याले गर्दा नोभेम्बर ११ मा ८५ वर्षमा मृत्यु भएको थियो । उनको सम्मानमा चार दिनसम्म राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

उनले सन् १९८९ देखि १९९४ सम्म राष्ट्रपतिको रूपमा सेवा गरेका थिए । सन् १९९४ मा पहिलो बहु जातीय चुनावमा श्वेत-अल्पसङ्ख्यक शासनबाट दक्षिण अफ्रिकाको परिवर्तनको नेतृत्व गरेको भनी उनको योगदानको स्मरण गरिएको छ । 

सन् १९९० मा जेलबाट मुक्त भएका मण्डेला मन्डेलासँगै डे क्लर्कले सन् १९९३ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए । सन् १९९४ को चुनावमा अफ्रिकी राष्ट्रिय कांग्रेस पार्टीले जितेपछि मन्डेला दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति बनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ