arrow

रामचन्द्रको समर्थन डा.शेखरलाई नै, देउवालाई समर्थन गरेको भनेर चलाइयो हल्ला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
chintan-poudel.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ कार्यसमितिका लागि मतदान भइरहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल शेरबहादुर देउवा पक्षमा गएको भनी हल्ला चलाइएको छ । नेता पौडेलले संस्थापन इतरमा सभापतिका लागि साझा उम्मेदवार खडा गर्न प्रयास गरेको भए पनि नसकेपछि आफू होडबाट बाहिरिएका थिए । उनले डा.श शेखर कोइरालालाई समर्थन गरेका थिए । 

तर एकाएक देउवालाई समर्थन गरेको भनी हल्ला चलाइएपछि पौडेलका छोरा चिन्तन पौडेलले सामाजिक संजाल फेसबुकमा यो समाचार गलत भएको भनी लेखेका छन् । उनले लेखेका छन्, ‘यो समाचार गलत हो। मैले बुबाले देउवालाई समर्थन गर्नुभएको छ भनेँ भनेर लेखिएको कुरा भ्रमात्मक हो । यो महाधिवेशनमा बुबा बिलकुलै निश्पक्ष र तटस्थ रहनु भएको छ ।’

उनले अगाडि लेखेका छन्, ‘त्यसैले मलाई  कोट गरेर भनिएको कुरा गलत हो । यस्ता गलत प्रचार नगर्न अनुरोध गर्दछु ।’

उम्मेदवारी दिनुअघि नै रामचन्द्रले डा. शेखरलाई समर्थन गरेका थिए । 

यसैबीच डा. कोइरालाको प्यानलका उपसभापतिका उम्मेदवार डा. चन्द्र भण्डारीले पौडेलको आफूहरुलाई पूर्ण समर्थन रहेको र उनकै गाइडलाइनमा आफूहरु अगाडि बढेको बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ