arrow

ओमिक्रोनकाे खतरा : १८ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउन बेलायतको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
boris-johnson2.jpg

काठमाडौं । बेलायतले १८ वर्षमाथिका सबैलाई कोरोना भाइरसको पूर्ण खोपपछि थप खोप लगाउन निर्देशन दिएको छ । जोन्सन बाहेकका अन्य खोप दुई डोज लगाएपछि पूर्ण खोप हुन्छन् त्यसैले खास गरी बुस्टर डोजलाई तेस्रो डोज पनि भनिएको छ ।

नयाँ भेरियन्ट ओमिक्रोन बढी सङ्क्रामक भएको रिपोर्टहरू आउन थालेका बेला बेलायतले यसै हप्तादेखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउन भनेको हो । 

यसअघि बेलायत लगायत अमेरिका, क्यानडा, इजरेल, फ्रान्सलगायतका ३० बढी मुलुकहरूले जोखिमपूर्ण उमेर समूहका नागरिकलाई बुस्टर डोज लगाउँदै आइरहेका छन् ।

ओमिक्रोनको चिन्ता बढेसँगै १८ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउन आह्वान गरिएको बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले आइतबार साँझ बताएका हुन् ।

नेपालमा समेत जोखिमपूर्ण उमेर समूहका नागरिकहरूलाई बुस्टर डोज लगाउनका लागि पहल सुरु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ