arrow

सिरिया द्वन्द्व अन्त्यको सम्भावना

logo
सिन्ह्वा,
प्रकाशित २०७८ मंसिर २७ सोमबार
siriya2.jpg

दमास्कस । संयुक्त राष्ट्रसंघका सिरियाका लागि विशेष दूत गेइर पेडरसेनले आइतबार पश्चिम र अरब देशका अधिकारीहरूसँगको भेटपछि सिरियामा राजनैतिक समाधानका लागि नयाँ सम्भावनाहरू दखिएको बताएका छन् । 

पेडरसेनले दमास्कसमा संवाददाताहरूसँग भने, 'मेरो विचारमा सिरियाली राजनीतिक सङ्कटको अब चरणवद्धरूपमा निकास खोज्न विश्व शक्तिहरू अग्रसर हुनेछन् । मलाई लाग्छ केही विश्वास निर्माण गर्न वार्ता सुरु गर्न सकिन्छ । उनले थपे, 'मैले अमेरिकी, युरोपेली तथा अरब राष्ट्रका नेताहरूसँग ‘गहन छलफल’ गरेको छु । नेताहरू सिरियाली समस्या समाधानका लागि गम्भीर देखिनुभएको छ ।'

उनले हालै आफू अरब देशहरू भ्रमण गरेको र त्यहाँका उच्च पदस्थ अधिकारीसँग पनि सिरियाली सङ्कट समाधानका लागि व्यापक छलफल गरेको बताए । 

सिरियाको दशक लामो युद्धको व्यापक राजनीतिक समाधानका लागि सबै क्षेत्रीय र अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको छनोटका साथै सिरियामा विकशित पछिल्ला घटनाहरूको विश्लेषण गर्नुपर्ने जिकिर उनले गरे ।

उनले भने, 'मेरो सन्देश यो हो कि द्वन्द्व समाधानका सम्भावित विन्दूहरू पत्ता लगाउन प्रक्रियामा अगाडि बढ्न सुरु गर्नु जरूरी छ र यो सम्भावना छ ।' 

आइतबार नै दमास्कस आइपुगेपछि पेडरसेनले सिरियाली विदेशमन्त्री फैसल मेकदादसँग भेटवार्ता गर्नुभएको थियो । त्यसलगत्तै उनले संवाददाताहरुसँग आफूबीच गहन छलफल भएको बताएका हुन् । 

दुई घण्टाभन्दा बढी समयसम्म चलेका छलफलमा सिरियाले सामना गर्ने सबै चुनौतीका विषयमा विचारविमर्श भएको थियो । उनले भने, 'हामीले स्पष्ट रूपमा सैन्य स्थिति, आर्थिक स्थिति, मानवीय स्थिति र त्यससँग सम्बन्धित राजनैतिक प्रक्रियालाई निसन्देह रूपमा हेर्‍यौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ