arrow

व्यापक फैलिदै नयाँ भेरियन्ट, लण्डनका ४० प्रतिशतमा ओमिक्रोनकै संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
omicron-corona-virus.jpg

काठमाडौं । बढी संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको असाधारण तरिकाले फैलिरहेको भन्दै विज्ञहरुले चेतावनी दिएका छन् । बेलायतको राजधानी लण्डनमा कुल संक्रमण ४० प्रतिशत संक्रमण ओमिक्रोन भेरियन्टकै रहेको बताइएको छ ।

ओमिक्रोन भेरियन्ट असाधारणरुपमा फैलिनुका साथै एकपटक संक्रमित भएका र खोप लगाएकाहरुलाई समेत फेरि संक्रमित पार्न सक्ने देखिएको छ । यसबीच बेलायतले १८ वर्षमाथिका सबैलाई खोपको बुस्टर डोज लगाउन निर्देशन दिइसकेको छ ।

लण्डनमा कुल संक्रमितको ४० प्रतिशत ओमिक्रोनकै संक्रमण पाइएपछि यसले थप चिन्ता बढाएको छ । यससँगै भारतमा समेत ओमिक्रोन भेरियन्टका संक्रमित निरन्तर बढ्दै गइरहेका छन् ।

जीन सिक्वेन्सिङ गरेमात्रै ओमिक्रोनको संक्रमण पुष्टि हुने देखिएका कारण पनि ओमिक्रोन फैलिइसके पनि चाँडै थाहा नहुने देखिएको छ । यसो हुँदा समेत संक्रमण तिव्ररुपमा बढ्ने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ