arrow

अमेरिकामा सवारी दुर्घटना, म्याग्दीका सुनिल बराइलीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
sunil Baraili.jpg

पोखरा । अमेरिकामा सवारी दुर्घटनामा परी एक नेपाली युवाको ज्यान गएको छ । मृत्यु हुनेमा म्याग्दी ज्याम्रुककोटका सुनिल बराइली रहेका छन् ।

शनिबार विहान सबा १२ बजे मेरिल्याण्डको किंग्सभिल बाल्टीमोरमा सवारी दुर्घटनामा उनको ज्यान गएको हो । 

मेरिल्याण्ड राज्य संसदमा डेलिगेट ह्यारी भण्डारीका अनुसार विपरीत दिशाबाट तीव्र गतिमा आएको गाडीले सुनिलको गाडीमा ठक्कर दिंदा दुर्घटना भएको हो ।

ठक्कर दिने गाडी हाकिरहेका चालकको पनि निधन भएको बताइएको छ ।

सुनिलको गाडीमा रहेका अन्य दुई यात्रु गम्भीर घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । 

 पोष्टमार्टमपछि सुनिलको शव परिवारको स्वीकृति बमोजिम फिनरल होममा राखिएको भण्डारीले जानकारी दिए ।

बराइलीको अन्तिम संस्कारका लागि प्रकिया सुरु भैसकेको छ भने घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

एक दशकदेखि अमेरिका बसेका सुनिलले गत वर्ष मात्रै श्रीमती, छोरा र छोरीलाई अमेरिका लगेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ