arrow

ट्याक्सी चलाउँथे पुटिन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
vladimir-putin2021.jpg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोभियत संघको पतनपछि पैसा कमाउन ट्याक्सी चलाएको बताएका छन् । सोभियत संघको केजीबी सुरक्षा सेवाका पूर्व एजेन्ट रहेका पुटिनले सोभियत संघको पतनले ‘एतिहासिक रुसको अन्त्य’ भएको टिप्पणी गरेका छन् ।

सोभियत संघको पतनमा शोक व्यक्त गर्ने गरेका पुटिनले यस पटक भने तीन दशक अघिको सो घटना ‘अधिकांश नागरिकको लागि त्रासदी’ बनेको टिप्पणी गरेका हुन् ।

रुसी राज्य सञ्चालित समाचार एजेन्सी आरआईए नोवोस्तीले पुटिनका यी टिप्पणी सार्वजनिक गरेको हो । यो टिप्पणी आउँदो चलचित्र 'रसिया आधुनिक इतिहास'बाट लिइएको हो ।

'सोभियत संघको पतन सोभियत संघको नामको ऐतिहासिक रुसको पतन हो,' पुटिनको भनाइलाई उदृत गर्दै लेखिएको छ । 

२० औं शताब्दीको सबैभन्दा ठूलो 'भूराजनीतिक प्रकोप' समेत भनिने सोभियत संघको पतनपछि एक कुशल सेवक मानिने पुटिन विचलित भएका थिए ।

पुटिन पूर्व सोभियत देशहरूमा पश्चिमी सैन्य महत्वाकांक्षाको कथित विस्तारप्रति संवेदनशील छन् । रुसले गत हप्ता नेटोले जर्जिया र युक्रेनमा आफ्नो ढोका खोल्ने २००८ को निर्णय औपचारिक रूपमा खारेज गर्न मागसमेत गरेको थियो।

सोभियत संघको पतनले चरम आर्थिक अस्थिरतातर्फ धकेलेको थियो । जसले धेरैलाई गरिबीमा डुबायो र नयाँ स्वतन्त्र रूस साम्यवादबाट पुँजीवादतर्फ धकेलियो ।

उक्त डोक्युमेन्ट्रि फिल्मका केही अंशहरु सार्वजनिक गर्दै आरआईए नोवोस्तीले पुटिनले आम्दानी बढाउन कहिले काँही ट्याक्सी चालककोरुपमा समेत काम गरेको उल्लेख गरेको छ ।

'कहिले काँही मैले थप पैंसा कमाउनु पर्थ्याे,' पुटिनले भनेका छन् । 'मेरो मतलब, निजी चालकको रूपमा कारबाट थप पैसा कमाउनको लागि काम गर्थे। यो कुरा भन्न अप्ठेरो लाग्छ तर दुर्भाग्यवश सत्य यहीँ थियो,' उनले भनेका छन् ।

बाल्टिक राज्यदेखि मध्य एसियासम्मका १५ वटा गणतन्त्र समावेश सोभियत संघको केन्द्र रुस थियो । सन् १९९१ मा आर्थिक संकटले सोभियत संघको विघटन भएपछि रूस एक स्वतन्त्र राष्ट्र बनेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ