arrow

शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
earthquake-in-Indonesia-dangerous-tsunami-warning.jpg

काठमाडौं । पूर्वी इन्डोनेसियामा ७.३ रेक्टर स्केलको भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको छ । प्यासिफिक सुनामी चेतावनी केन्द्रले मंगलबार भूकम्पको केन्द्रबिन्दुको १,००० किलोमिटर भित्र रहेका तटहरूमा खतरनाक छालहरू आउन सक्ने चेतावनी दिएको छ ।

भुकम्पका कारण अहिलेसम्म कुनै पनि मानविय क्षतिको विवरण नआएपनि सुनामी र पहिरोले क्षति गर्न सक्ने बताइएको छ । मालुकु, पूर्वी नुसा टेंगारा, पश्चिम नुसा टेंगारा र दक्षिणपूर्व र दक्षिणी सुलावेसीलगायतका क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।

यससँगै केही मानिस घर छोडेर भागिरहेका छन् । भुकम्पपछि ५.६ म्याग्निच्युडको पराकम्प समेत गएको छ ।

सन् २००४ मा सुमात्रामै ९.१ म्याग्निच्युटको भूकम्पपछि आएको सुनामीले २ लाख बढी मानिसहरुको ज्यान गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ