arrow

अमेरिकाले काबुल ड्रोन आक्रमणमा कुनै सैनिकलाई कारबाही नगर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
drone-attack-afghanistan.jpg

काठमाडौं । गत अगस्तमा तालिबानले काबुल (अफगानिस्तानको राजधानी) नियन्त्रणमा लिइसकेपछि अगस्त २९ मा भएको ड्रोन आक्रमणमा संलग्न कुनै पनि सैनिक वा अधिकारीलाई अमेरिकाले कारबाही नर्गर्ने भएको छ। उक्त ड्रोन आक्रमणमा १० जना सर्वसाधरण नागरिक मारिएका थिए ।

अमेरिकी वायुसेना महानिरीक्षकको नेतृत्वमा भएको एक अनुसन्धानले उक्त आक्रमणले कुनै कानुनको उल्लंघन नगरेको र लापरबाही पनि नभएको देखाएपछि कसैलाई कारबाही नगर्ने भएको हो ।

दुई शीर्ष कमाण्डरहरूले उक्त आक्रमणमा कसैलाई कारबाही नगर्न भनेर गरेको सिफारिस गृहमन्त्री लोयड अस्टिनले अनुमोदन गरेपछि कसैलाई कारबाही नहुने भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

२६ अगस्तमा काबुलको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मघाती बम विस्फोट भएको थियो । जसमा १७० अफगानी नागरिक र १३ अमेरिकीले ज्यान गुमाएको थियो ।

उक्त आक्रमणपछि २९ अगस्तमा अमेरिकी सैनिकहरुले ड्रोन आक्रमण गरेका थिए । उक्त ड्रोन आक्रमणलाई सुरुमा दुख:द गल्ती भएको भन्दै आलोचना भएको थियो । तर, अहिले त्यसमा संलग्न सैनिक कारबाही नपर्ने भएका हुन् ।

त्यतिबेला काबुल विमानस्थलकाे अवस्था निकै डरलाग्दाे थियाे भने, तालिबानले विमानस्थल क्षेत्रमा असुरक्षाकाे अवस्था सिर्जना गरेकाे थियाे । विभिन्न देशका नागरिकलाई अफगानिस्तानबाट निकाल्न अमेरिकी एवं नेटो सेना र अधिकारीहरु तनाव र दबाब पूर्ण अवस्थामा थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ