arrow

चीनमा पनि फेला पर्‍यो ओमिक्रोन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
omicron-corona-virus.jpg

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन चीनमा पनि फेला परेको छ । चीनको उत्तर पूर्वी सहर तियान्जिनमा विदेशबाट फर्किएका एक व्यक्ति ९ डिसेम्बरमा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्ला दिनमा पूर्वी चीनको झेजियाङ प्रान्तमा डेल्टा भेरियन्टको सङ्क्रमण बढ्दै गएको छ । सुरुमा दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट अहिलेसम्म ५० भन्दा बढी देशमा फैलिसकेको छ ।

बेलायतमा सोमबार मात्रै ओमिक्रोन भेरियन्टबाट विश्वमै पहिलो व्यक्तिको मृत्यु भएको छ । ओमिक्रोन भेरियन्ट अन्य भन्दा बढी सङ्क्रामक देखिएको छ ।

यो भेरियन्टविरुद्ध २ डोज खोपले मात्रै नपुग्ने विज्ञहरूले बताइसकेका छन् । यसै अनुसार बेलायतले १८ वर्षमाथिका सबैलाई तेस्रो डोज लगाउन भनिसकेको छ । नेपालमा समेत बुस्टर डोज लगाउनेबारे छलफल भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ