arrow

डुटेर्टेका सल्लाहकार गोले लिए राष्ट्रपतिको उम्मेदवारी फिर्ता

logo
सिन्ह्वा,
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
rodrigo-duterte-philippine.jpg

मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेका लामो समयदेखिका सल्लाहकार क्रिश्टोफर गोले राष्ट्रपतिका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् । 

आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपतिका लागि प्रतिश्पर्धा गर्न लाग्नु भएका उनले प्रतिश्पर्धाबाट पछाडि हट्ने निर्णय गरेका हुन् । 

निर्वाचन आयोगका अधिकारीहरुका अनुसार ४७ वषीय गोले आफ्नो प्रतिश्पर्धाको मैदानमा नरहेको जानकारी गराएको स्पष्ट पारेका छन् । उनले अहिलेसम्म आफूलाई सहयोग, समर्थन र हौसला प्रदान गर्ने सवैप्रति आभार प्रकट गरेको समाचारमा जनाइएको छ ।

उनले सुरुमा उपराष्ट्रपति पदका लागि उम्मेदवार दिएपनि पार्टीको निर्णयका आधारमा पछि राष्ट्रपतिमा उम्मेदवारी दिएका थिए।

 राष्ट्रपति डुटेर्टे नेतृत्वको पार्टीकै निर्णयका आधारमा उनले उम्मेदवारी फिर्ता लिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

उनले अब राष्ट्रपतिमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने बारेमा अहिलेसम्म स्पष्ट नपरेको समाचारमा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ