arrow

अफगानिस्तानमा भएका गैरन्यायिक हत्याप्रति राष्ट्रसंघद्वारा चासो व्यक्त

logo
एएफपी,
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
afgan-.jpg

जेनेभा । अफगानिस्तानमा तालिबानले अगस्टमा सत्ता लिएदेखि १०० भन्दा बढी गैर-न्यायिक हत्यामा संलग्न रहेको आरोप लगाउँदै तालिवान समूहबाट भएका यस्ता गतिविधिप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ ।

अगस्त १५ पछि तालिबान शासकहरूले आम माफी घोषणा गरेपनि यस्ता हत्याका रिपोर्टहरू आउनु चिन्ताको बिषय भएको संयुक्त राष्ट्रसंघका उप अधिकार प्रमुख नाडा अल-नासिफले बताए । 

उनले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्लाई भने, “अगस्ट-नोभेम्बरसम्ममा हामीले पूर्व अफगान राष्ट्रिय सुरक्षा बल तथा पूर्व सरकारसँग सम्बन्धित १०० भन्दा बढी अन्य व्यक्तिहरूको हत्या भएका विश्वसनीय आरोपहरू प्राप्त गरेका छौँ । 

यीमध्ये कम्तीमा ७२ हत्याहरू तालिबानले गर्दा भएको उनले बताउनुभयो । 

“थुप्रै अवस्थामा मृत शरीरलाई सार्वजनिक रूपमा प्रदर्शन गरिनुले समस्या झनै जटील भएको देखिन्छ, ” उनले भने । 

संयुक्त राष्ट्र अधिकार प्रमुख मिशेल बासेलेको तर्फबाट परिषद्लाई मंगलबार गरेको अपडेटमा अल-नशिफले भने, “जिहादी इस्लामिक स्टेट-खोरासन समूहका धेरै सदस्यहरू अर्थात् तालिबानको मुख्य शत्रुविरूद्ध पनि त्यस्तै आरोप लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ