- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। रुसका राष्ट्रपति व्लादिमिर पुतिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तापछि भारत र रुसबिच विभिन्न क्षेत्रहरूमा १० द्विपक्षीय सम्झौता हुने भएको छ।
रुसका राष्ट्रपतिका सहायक यूरी यूशाकोवले १० सम्झौतामा हस्ताक्षर गरिने जनाएका छन्। यसमा केही एकदमै महत्त्वपूर्ण सम्झौताहरू पनि रहेको बताइएको छ। उनले भने, " यसमा काम भएको छ र हामीलाई विश्वास छ, यस यात्रामा अन्य धेरै सम्झौताहरूमा पनि हस्ताक्षर गरिनेछ।" यूशाकोवले यी सम्झौताहरूको नाम बताउन अस्वीकार गरे पनि उनले सो द्विपक्षीय सम्झौताहरूको हिसाबले धेरै क्षेत्रहरूमा महत्त्वपूर्ण प्रभाव हुने बताए।
उल्लेख्य छ की, राष्ट्रपति पुतिनले ६ डिसेम्बरमा भारत-रुस सम्मेलनको निम्ति भारतको यात्रा गर्नेछन्। नयाँ दिल्लीमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति पुतिनबीच बैठक बाहेक दुवै देशको रक्षा र विदेश मामिलाहरूका मन्त्रीहरूबीच पनि ६ डिसेम्बरमा नयाँ दिल्लीमा बैठक हुनेछ।