- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोर्ट-ओ-प्रिन्स, हाइटी । हाइटीको उत्तरी क्षेत्रमा मङ्गलबार इन्धन ट्याङ्की विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । घटनामा थप दर्जनौँ व्यक्तिहरू घाइते भएका स्थानीय सञ्चारमाध्यमले प्रशारित प्रारम्भिक रिपोर्टमा जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
स्थानीय समाचार अनुसार सोमबार राति भएको उक्त विस्फोट हाइटीको उत्तरी बन्दरगाह शहर क्याप-हैटियनमा भएको हो ।
घटनामा कम्तीमा ५०-५४ जनाको जलेर मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति जलेर घाइते भएका क्याप-हैटियनका नगरका उपप्रमुख प्याट्रिक अलमोनरले बताउनुभयो । उक्त घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्नसक्ने चिकित्सकहरूले बताएका अधिकारीहरूलाई उद्धृत गरी न्यूज-२४ नामक स्थानीय समाचार संस्थाले उल्लेख गरेको छ ।
घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।
उक्त विस्फोटपछि घटनास्थल वरपर रहेका करिब २० घरहरूमा आगलागी भएको अलमोनरले बताए । ती घरहरूमा रहेका मानिसहको सङ्ख्या तत्काल पत्ता लगाउन कठिनाइ भइरहेको उनले बताए ।