arrow

ओमिक्रोन 'अभूतपूर्व दर'मा फैलिरहेको छ, स्वास्थ्य प्रणालीले थेग्न सक्दैन : डब्ल्यूएचओ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
who-president-tedros.jpg

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन जसरी तीव्र रूपमा अहिलेसम्म कुनै भेरियन्ट नफैलिएको विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ)ले चेतावनी दिएको छ ।

विश्वका ७७ देशमा ओमिक्रोनको सङ्क्रमण फेला परिसकेको बताउँदै डब्ल्युएचओले चेतावनी दिएको हो ।

डब्ल्युएचओका प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयससले अन्य देशहरूमा समेत ओमिक्रोन फैलिसकेको हुनसक्ने बताएका छन् । 'अहिलेसम्म हामीले यो भाइरसलाई कमजोर भनेर आङ्कलन गरेका छौँ, ओमिक्रोन भेरियन्टले कम बिरामी पारे पनि एक पटक स्वास्थ्य प्रणालीलाई ओझेलमा पार्न सक्छ,' उनले भनेका छन् ।

सुरुमा नोभेम्बर २४ तिर दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट फेला परेको थियो । त्यसयता थुप्रै देशहरूमा यो भेरियन्ट फैलिसकेको छ ।

बेलायत, जापान, इजरेललगायतका थुप्रै देशहरूले यात्रा नियमहरूमा कडाइ गरेका छन् । ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित एक व्यक्तिको केही दिनअघि बेलायतमा मृत्यु समेत भइसकेको छ । 

यो भेरियन्ट अत्यधिक सङ्क्रामक देखिइसकेको छ भने, कति गम्भीर बिरामी बनाउँछ भनेर स्पष्ट अध्ययन सार्वजनिक भइसकेको छैन ।

तर, धेरै मानिस सङ्क्रमित हुँदा धेरैको मृत्यु हुने सम्भावना समेत रहन्छ । यस्तै अहिलेसम्मका खोपको २ डोजले समेत यो भाइरसबाट नजोगाउने विज्ञहरूले चेतावनी दिइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ