arrow

भारतमा थप झण्डै सात हजार नयाँ संक्रमित

logo
एएनआई,
प्रकाशित २०७८ मंसिर २९ बुधबार
corona-india-keral.jpg

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप झण्डै सात हजार संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोही अवधिमा थप २४७ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जानकारी दिएका छन् । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये तीन हजार ३७७ जना केरला राज्यका मात्रै रहेका छन् । सो राज्यमा पछिल्लो २४ घण्टामा २८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेका संक्रमितहरुको सङ्ख्या ८७ हजार ५६२ रहेको छ । “अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल संक्रमितहरुको सङ्ख्याको ०.२५ प्रतिशत मात्रै रहेको छ,” मन्त्रालयले भनेको छ । यो सङ्ख्या सन् २०२० को मार्च पछिकै सवैभन्दा कम रहेको अधिकारीहरुले जनाएका छन ।

त्यसैगरी संक्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ९८.३८ प्रतिशत पुगेको पनि मन्त्रालयले जनाएको छ । यो सङ्ख्या पनि सन् २०२० को मार्च पछिकै सवैभन्दा धेरै भएको अधिकारीहरुको भनाई छ ।  

पछिल्लो २४ घण्टामा आठ हजार १६८ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कुल संक्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ४१ लाख ४६ हजार ९३१ रहेको छ । 

नयाँ संक्रमितको सङ्ख्या भन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितहरुको सङ्ख्या कम हुदै गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ