arrow

अष्ट्रेलियाका प्रधानमन्त्री कोरोनाबाट संक्रमित

logo
सिन्हवा,
प्रकाशित २०७८ मंसिर २९ बुधबार
corona-covid-dalta-plus.jpg

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट संक्रमित भएका छन् । सार्वजनिक सम्पर्कमा रहेका बेला उन यही मंगलबार संक्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

प्रधानमन्त्री मोरिसन यसअघि गत शुक्रबार सिड्नीमै रहेको एउटा विद्यालयको कार्यक्रममा सहभागी भएका थिए । उनीसँगै देशभरी झण्डै एक हजार नयाँ संक्रमित थपिएका थिए ।

प्रधानमन्त्री कोरिसनको कार्यालयले पनि उनलाई संक्रमण भएको पुष्टि गरेको छ । कार्यालयले उनको सम्पर्कमा रहेकाहरुलाई पनि सतर्कता अपनाउन र कोरोना परीक्षण गर्न पनि आह्वान गरेको छ ।

सिड्नीलगायतका सहरहरुमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएकै बेला प्रधानमन्त्रीलाइ पनि संक्रमण भएको हो ।  

अष्ट्रेलियामा पछिल्लो एक दिनमा एक हजार ३६० जनामा संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । 

अघिल्लो दिनभन्दा संक्रमितको सङ्ख्या धेरै बढेको हो । अघिल्लो दिन ८०४ जना मात्रै नयाँ संक्रमित थपिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ