arrow

सांसदको गोली हानी हत्या

logo
सिन्ह्वा,
प्रकाशित २०७८ मंसिर २९ बुधबार
gunfire.jpg

लागोस, नाइजेरिया ।  उत्तर नाइजेरियाको कडुना राज्यका एक विधायकलाई सोमबार राजमार्गमा बन्दुकधारीहरूको एक समूहले गोली हानी हत्या गरेका स्थानीय अधिकारीले बुधबार बताएका छन् ।

काडुना राज्य सभाका सभामुख युसुफ इब्राहिम जाइलानीले सिन्ह्वालाई फोनमार्फत् दिएको जानकारी अनुसार राजधानी कडुना शहर र राज्यको अर्को शहर जरियालाई जोड्ने राजमार्गमा बन्दुकधारीहरूले सोमबार राति गरेको आक्रमणमा एक विधायकसहित केही व्यक्तिको मृत्यु भएको हो । 

जयलानीले भने, “यो दुःखद र पीडादायी घटना भएको छ, घटनाप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं ।” 

नाइजेरियाको उत्तरी र मध्य क्षेत्रमा सशस्त्र आक्रमण एउटा प्रमुख सुरक्षा खतरा भएको छ । उक्त क्षेत्रमा पछिल्ला केही महिनाहरूमा मृत्यु र अपहरणका घटना बढेका छन् । ्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ