arrow

राइ आँधीबाट हजारौं विस्थापित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
philippines-flood.jpg

काठमाडौं । दक्षिणी फिलिपिन्समा तीव्र गतिमा विकसित आँधीका कारण हजारौं मानिसलाई सुरक्षित क्षेत्रतर्फ सारिएको छ । राइ नाम दिइएको सो आँधी जमिनमा ठोकिनुअघि हजारौं मानिसलाई सुरक्षित क्षेत्रतर्फ सारिएको हो ।

आँधी आउनुअघि मिन्डानाओको सुरिगाओबाट ५१ हजार, पूर्वी प्रान्त समारबाट ३० हजार र दक्षिणी तटीय शहर तानडागबाट ३६ सय ६८ परिवारलाई सुरक्षित क्षेत्रतर्फ सारिएको हो ।

तीव्र रुपमा विकसित आँधी मध्य फिलिपिन्स र दक्षिणी सुरिगाओ प्रान्ततर्फ बढिरहेको त्यहाँको मौसम विभागले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ