arrow

इङ्गल्याण्डमा कोरोना भयावह, एकै दिन ८८ हजार बढी संक्रमित, साढे सात लाखलाई बुस्टर डोज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
corona-england-212.jpg

काठमाडौं । इङ्गल्याण्डमा कोरोना संक्रमण फेरि भयावह बन्दै गएको छ । दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै बढी देखिएको छ । बिहीबार मात्रै इङ्गल्याण्डमा ८८ हजार ३७६ नयाँ संक्रमित भेटिएका छन् । 

यो त्यहाँ कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संक्रमितको संख्या हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै दैनिक संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । 

इङ्गल्याण्डमा कोभिडका कारण आगामी पाँच महिनामा कम्तिमा ५० हजारदेखि बढीमा ७५ हजार जना मानिसको मृत्यु हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुले चेतावनी दिएका छन् ।

संक्रमण तीव्र फैलिएको भन्दै सावधानी अप्नाउन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् । नयाँ भाइरसको संक्रमण बढेसँगै सरकारले १८ वर्षदेखि माथिका सवैलाई बुस्टर डोज दिने तयारी गरेको छ ।  

बुधबार मात्रै ७ लाख ४५ हजार १८३ जनालाई बुस्टर डोज लगाइएको छ । 

करिब ६ करोड ७० लाख जनसंख्या भएको  इङ्गल्याण्डमा कोभिडबाट अहिलेसम्म एक करोड ११ लाख संक्रमित भएका छन् । कोभिडबाट एक लाख ४६ हजार ९३७ जनाको ज्यान गइसकेको छ । 

हाल १२ लाख ९२ हजार बढी सक्रिय संक्रमित रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ