arrow

जापानको व्यापारिक भवनमा आगलागी, कयौंको मृत्यु भएको आशंका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
japan-fire.jpg

काठमाडौं । जापानको ओशाका सहरको एक व्यापारिक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको आशंका गरिएको छ। अत्यधिक धुवाँमा श्वास फेरेपछि उनीहरुको मुटु र फोक्सोले काम नगरेका कारण मृत्यु भएको बताइएको छ ।

ओशाकाको शपिङ एवं मनोरञ्जन क्षेत्रस्थित ८ तले भवनमा आगलागी भएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । जापानको सरकारी बोर्डकास्टर एनएचकेका अनुसार २८ जना गम्भीर घाइते भएका छन् । 

आगलागी लगत्तै अग्नि नियन्त्रक बोलाइएका थिए र ३० मिनेटभित्रै आगो नियन्त्रणमा आएको थियो।

आगलागी हुनुको कारण खुल्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ