arrow

जोन्सन खोपले अमेरिकामा रगत जमेर नौ जनाको मृत्यु, फाइजर या मोडर्ना लगाउन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
cdc-america.jpg

काठमाडौं । रगत जम्ने दुर्लभ तर घातक घटनाहरू देखिएका कारण अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले जोन्सन एण्ड जोन्सन खोपको ठाउँमा फाइजर या मोडर्ना खोप लगाउन सुझाव दिएको छ ।

खोप सम्बन्धी सल्लाहकार समितिमा जोन्सन खोपको बदलामा फाइजर या मोडर्ना लगाउन सुझाव दिने या नदिने विषयमा मतदान हुँदा सर्वसम्मतिले मतदान गरेपछि सीडीसीले यस्तो आग्रह गरेको हो ।

अमेरिकामा थोरै मानिसले जोन्सनको खोप लगाएका छन् । सीडीसीका अनुसार झन्डै २० करोडले पूर्ण खोप लगाउँदा करिब १ करोड ६० लाखले मात्रै जोन्सन खोप लगाएका हुन् ।

सीडीसीको यस्तो निर्देशनपछि जोन्सन एण्ड जोन्सनले एक विज्ञप्ती जारी गर्दै सुरक्षा र स्वस्थता पहिलो प्राथमिकता रहेको भन्दै सीडीसीसँग मिलेर काम गर्ने बताएको छ ।

जोन्सन खोप लगाएपछि रगत जम्ने समस्या यसअघि पनि देखिएको थियो । खास गरी ५० वर्षमुनिका महिलामा बढी जसो यस्तो समस्या देखिने गरेको छ ।

सीडीसीले यस्ता केसहरु पहिला अनुमान गरिए भन्दा बढी देखिन थालेको बताएको छ । अमेरिका यस्ता ५० केसहरु भेटिएको सीडीसीले जनाएको छ । जुन प्रति १० लाख जोन्सन खोप लगाउनेमध्ये ४ जना हुन् ।

जोन्सन खोप लगाएपछि रगत जमेर अमेरिकामा मात्रै ९ जनाको मृत्यु भएको सीडीसीले जनाएको छ । यस्तै समितिका सदस्यहरुले जोन्सन खोप फाइजर र मोडर्नाको तुलनामा कम प्रभावकारी रहेको समेत बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ