अफगानिस्तानको हेरात प्रान्तमा तालिबानद्वारा एक चिकित्सकको हत्या
एजेन्सी,
प्रकाशित २०७८ पुष २ शुक्रबार
402
Shares
काबुल। अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा तालिबान सुरक्षाकर्मीले बिहीबार एक युवा चिकित्सकको हत्या गरेको छ। हेरात सहरका ३३ वर्षीय चिकित्सक अमरुद्दिन नुरीलाई तालिबान सुरक्षा सदस्यहरूले हेरातको प्रहरी सुरक्षा चौकीमा नरोकेपछि हत्या गरेको पीडित परिवारका सदस्यहरूले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै बताएका छन्।
सानो निजी मेडिकल क्लिनिक चलाउने नुरीले भर्खरै बिहे गरेका थिए। हेरातका सुरक्षा अधिकारीहरूले तालिबानका सदस्यहरूले पीडितको हत्यालाई अस्वीकार गरेको र यस्तो घटना उनीहरूसँग रेकर्ड नगरिएको बताए।
हालैका रिपोर्टहरूले अफगानिस्तानमा अपराध दरमा वृद्धि भएको सङ्केत गर्दछ, तथापि, सूचनाको पहुँचको कमीको कारणले यस्ता धेरैजसो घटनाहरू मिडियाले रिपोर्ट गर्दैनन्।