arrow

जबरजस्ती करणी अभियोगमा युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
pakrau9.jpg

पर्वत । २१ वर्षकी युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नं. ८ चित्रेका २१ वर्षीय जितेन्द्र नेपाली रहेका छन् । 

उनलाई बुधबार दिउँसो पर्वत प्रहरीले पक्राउ गरेको बताइएको छ ।

जितेन्द्रले ती महिलाको घरमा कोही नभएको अवस्थामा प्रवेश गरी बुधबार बिहान जबरजस्ती करणी गरेको आरोप छ ।

खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी देउपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको पर्वत प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ