arrow

केन्द्रीय सदस्यहरुको मतगणना आजै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
vote-count-congress22.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना सकिएको छ । अब पालो केन्द्रीय सदस्यहरुको मत गणनाको पालो आएको छ । 

आज चार समूहको मतगणना हुने केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिए । उनका अनुसार आज साँझदेखि मधेसी महिला, मधेसी खुला, मुस्लिम महिला र मुस्लिम खुलातर्फको गणना हुनेछ । 

मधेसी महिलातर्फ ४ सिटका लागि ५ जनाबीच भिडन्त भएको छ । किरण यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव रहेका छन् । 

त्यस्तै मधेसी खुलातर्फ ५ सिटका लागि २३ जनाबीच भिडन्त भएको छ । 

मुस्लिम महिलातर्फ १ सिटका लािग ६ जना मैदानमा छन् । 

मुस्लिम खुलाको २ सिटका लागि ७ जना मैदानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ