arrow

सहमहामन्त्रीको थारु समूहतर्फ मन्त्री उमाकान्त चौधरी विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
samahamantri-tharu-result.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयी भएका छन् । थारु समूहतर्फ उनी विजयी भएका हुन् । उनले २७ सय ५६ मत ल्याए । उनी कांग्रेसको संस्थापन समूहबाट मैदानमा थिए । 

कांग्रेसको कृष्णप्रसाद सिटौला समूहका उनी शेरबहादुर देउवासँग चुनावी तालमेल भएपछि सहमहामन्त्रीका उम्मेदवार बन्न पाएका थिए । उनी खानेपानी मन्त्रीसमेत हुन् । 

उनका निकटतम प्रतिस्पर्धी तेजुलाल चौधरीले १८ सय ७७ मत प्राप्त गरे । तेजुलाल डा. शेखर कोइरालाको समूहका उम्मेदवार हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ