arrow

केन्द्रीय सदस्यहरुको मतगणना शुरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
vote-count-congress22.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना सकिएसँगै केन्द्रीय सदस्यहरुको मतगणना पनि थालिएको छ । गत सोमबारदेखि मतगणनाको क्रम चलिरहँदा आज सहमहामन्त्रीहरुको मतगणना सकिएसँगै केन्द्रीय सदस्यहरुको मतगणना थालिएको हो । 

केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार आज दुई समूहको मात्र मतगणना हुँदैछ । समय अभाव भन्दै आज थोरैमात्र उम्मेदवार रहेको प्रदेश २ को महिलातर्फको मतगणना भइरहेको छ । 

प्रदेश २ को खुलातर्फ आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध भइसकेका छन् । महिलातर्फ एक जनाको सिटका लागि दुई जनामात्र उम्मेदवार छन् । चित्रलेखा यादव र गीता चौधरीको मतगणना शुरु भएको हो । 

यसपछि आजै अल्पसंख्यकको मतगणना गर्नका लागि उम्मेदवारसँगै प्रतिनिधिहरुलाई बोलाइएको सचिव श्रेष्ठले बताए । अल्पसंख्यकतर्फ एक सिटका लागि पाँच जना मैदानमा रहेका छन् । जसमा ओमप्रकाश शर्मा (मारवाडी), टीकाराम सुब्बा लेप्चा, प्रदीपकुमार सुनुवार, प्रेमबहादुर छन्त्याल र हरिबहादुर घले हुन् । 

यसअघि आज चार समूहको मतगणना हुने केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिएका थिए । तर त्यो सम्भव नभएको सचिव श्रेष्ठले बताए । 

केसीले साँझदेखि मधेसी महिला, मधेसी खुला, मुस्लिम महिला र मुस्लिम खुलातर्फको गणना हुने बताएका थिए । 

मधेसी महिलातर्फ ४ सिटका लागि ५ जनाबीच भिडन्त भएको छ । किरण यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव रहेका छन् । 

त्यस्तै मधेसी खुलातर्फ ५ सिटका लागि २३ जनाबीच भिडन्त भएको छ । 

मुस्लिम महिलातर्फ १ सिटका लािग ६ जना मैदानमा छन् । 

मुस्लिम खुलाको २ सिटका लागि ७ जना मैदानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ