arrow

मधेसी महिला केन्द्रीय सदस्यको मतगणना भोलिलाई सर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
congress-party-offfice_1618126234.jpg
फाइल तस्बिर

काठमाडौँ। आजबाट सुरु हुने भनिएको काँग्रेस १४औँ महाधिवेशन अन्तर्गत मधेसी महिला केन्द्रीय सदस्यको मतगणना नहुने भएको छ।

४ पदका लागि पाँच जना उम्मेदवार रहेको मधेसी महिला केन्द्रीय सदस्यको मतगणना आज नहुने भएको हो। उक्त मतगणना शनिवार गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ। मतगणना बिहान ९ बजेबाट सुरु हुने समितिले जनाएको छ।

सोमबार सम्पन्न निर्वाचनमा किरण यादव, मञ्जु कुमारी यादव, नागिना यादव, मीनाक्षी झा र मुक्ता कुमारी यादव उम्मेदवार रहेका छन्।  निर्वाचनमा कूल ४६८६ मत खसेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ