arrow

पदाधिकारीमा देउवा आरामदायी बहुमतमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
sher-bahadur-deuba-123123.jpg
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतपरिणाम अनुसार पदाधिकारीतर्फ सभापति शेरबहादुर देउवालाई आरामदायी बहुमत पुगेको छ । कांग्रेसको संशोधित विधानअनुसार पदाधिकारीको संख्या १३ छ ।

जसमध्ये १४ औं महाधिवेशनको निर्वाचनबाट देउवा पक्षका मात्रै आठ जना निर्वाचित भएका छन् । उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का र विभिन्न समूहबाट सहमहामन्त्रीमा निर्वाचित ६ जना देउवा समूहबाट निर्वाचित बनेका हुन् । 
 
देउवा समूहबाट सहमहामन्त्रीमा निर्वाचित महालक्ष्मी उपाध्याय ‘डिना’, भिष्मराज आङ्देम्बे, फरमुल्लाह मन्सुर, किशोरसिंह राठौर, उमाकान्त चौधरी र महेन्द्र यादव निर्वाचित भएका हुन् ।

चौधरी कृष्णप्रसाद सिटौला समूहका भए पनि महाधिवेशनमा देउवासँग तालमेल भएको थियो । महाधिवेशन परिणामअनुसार पदाधिकारीतर्फ देउवा समूहका पाँच जना उम्मेदवार मात्रै पराजित भएका हुन् ।

देउवा समूहबाट उपसभापति बनेका विजयकुमार गच्छदार, महामन्त्रीका उम्मेदवारद्धय डा. प्रकाशशरण महत र प्रदीप पौडेल तथा सहमहामन्त्रीमा दलिततर्फ मानबहादुर विश्वकर्मा र पिछडिएको क्षेत्र तर्फबाट उम्मेदवार बनेका जीवनबहादुर शाही पदाधिकारीमा पराजित भए । 
 
यसरी हेर्दा कांग्रेसको १३ पदाधिकारीमध्ये देउवा समूह तर्फका आठ जना केन्द्रीय समितिमा निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाको समूहबाट भने चार जना नेता पदाधिकारीमा निर्वाचित भए ।

उपसभापतिमा कोइराला समूहका धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा, सहमहामन्त्रीतर्फ दलित समूहमा जीवन परियार र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे कोइराला समूहबाट निर्वाचित भएका हुन् । 

यसैगरी अर्को एक महामन्त्रीमा भने प्रकाशमान सिंहको समूहबाट उम्मेदवार बनेका विश्वप्रकाश शर्मा निर्वाचित भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ