arrow

क्यानडामा कोरोनाको असर, टोरन्टोमा सेमिलकडाउन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
corona-canada.jpg
तस्बिर– फाइल

काठमाडौं । कोरोना भाइरसको महामारी बढेसँगै क्यानडामा पनि खुला जनजीवनमा कडाइ गर्न थालिएको छ । विशेषगरी टोरन्टोमा सेमिलकडाउन भएको छ । 

हिजोमात्रै क्यानडामा ८ हजार ९०८ संक्रमित थपिएका छन् । जसमा टोरन्टोमा मात्रै ३ हजार संक्रमित थपिए । पछिल्लो समय कोरोनाको खतरनाक भेरियन्ट ओमिक्रोन फैलन थालेपछि सतर्कता थप बढाइएको छ । 

टोरन्टोमा आजदेखि दश जना बढी भेटघाट गर्न नपाइने नियम लगाइएको छ । क्रिसमस आइरहँदा थप कडाइ गरिएको हो । त्यस्तै रेष्टुरेन्टमा आधा कटौती गरेर मात्र राख्न थालिएको छ । 

विद्यार्थीलाई आजदेखि १५ दिन क्रिसमसको बिदा दिइएको छ । त्यसपछि पुनः अनलाइन कक्षा संचालन गर्ने तयारी भइरहेको छ । अभिभावकलाईयो जानकारीसमेत गराइएको टोरन्टोमा रहेकी सिर्जना मरासिनी अर्यालले जानकारी दिइन्। 

उनका अनुसार कार्यालयहरुसमेत सकभर अनलाइनबाटै चलाउन भनिएको छ । बिगमार्टहरु सीमित मानिसलाई भित्र जान दिएर खोलेका छन् । निकै कडाइ गरिएको छ । 

कोरोना खोप के हुँदैछ ? 
क्यानडामा बुस्टर डोज दिइँदैछ । संक्रमण बढेपछि बुस्टर डोज दिने तयारी भएको हो । 

वृद्धवृद्धा तथा दीर्घरोगीलाई प्राथमिकतामा राखेर खोप दिन थालिएको छ । त्यहाँ १२ वर्षमाथिकाले खोप लगाइसकेका छन् ।

१८ वर्षमाथिका युवा ८५ प्रतिशतले खोप लगाएका छन् । समय पुगेकाले बुस्टर डोज पनि लगाउन पाउने छन् । 

१२ वर्षमाथिकाले यसअघि नै खोप लगाउन थालेका थिए । 

अहिले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर र मोडर्नाको पहिलो डोज दिन थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ