३५ केन्द्रीय सदस्यको १३ स्थानमा मत गणना हुँदै, ६ सय गणना सकियो
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
1k
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत खुल्लातर्फको ३५ केन्द्रीय सदस्यहरुको हालसम्म ६०० सय मत गणना भएको छ ।
मत गणना १३ स्थानमा भइरहेको र केही सममा प्रारम्भिक नतिजा सार्वजनिक गर्ने तयारी निर्वाचन तयारीले गरेको छ ।
निर्वाचन समितिलाई उधृत गर्दै नेता शंकर पौडेलले जनाए अनुसार १२०० मत गणना सकिएपछि पहिलो परिणाम सार्वजनिक गर्ने तयारी भएको छ ।
हालसम्म सभापतिका प्रतिस्पर्धी शेर बहादुर देउवा, डा.शेखर कोइराला र प्रकाशमान सिंह तीनवटै प्यानलमा रहेका डा.शंशाक कोइरालाले केन्द्रीय सदस्यमा प्रारम्भिक नेतृत्व गरेका छन् ।
निर्वाचनमा कूल ४६७२ मत खसेको छ। ३५ जनाको लागि ९९ जनाले उम्मेदवारी दिएकामा ६४ जना बाहिरिने छन् ।