arrow

गच्छदारले दिए पुनः मतगणना माग गर्दै निवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
gachhedar.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित विजयकुमार गच्छदारले पुनः मतगणनाका लागि निवेदन दिएका छन् । देउवा प्यानलका उम्मेदवार गच्छदारलाई दुई मतले पछि पार्दै कोइराला प्यानलका धनराज गुरुङले दुई मतान्तरले जित हासिल गरेपछि गच्छदारले पुनः मतगणनाका लागि निवेदन दिएका हुन् । 

निर्वाचन समितिले गच्छदारले निवेदन दिएको बताएको छ । ‘मत बराबर भए पनि गोलाबाट गरिन्छ, दुई मत भनेको स्पष्ट हो, गच्छदारले निवेदन दिनु भएको छ’ निर्वाचन समितिका एक सदस्यले भने ।

गुरुङले १९०८ मत ल्याएका छन् भने गच्छदारले १९०६ मत ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ