arrow

३५ केन्द्रीय सदस्यको अन्तिम परिणाम आजै आउने, आधा बढी मत गन्दा यस्तो छ शीर्ष ४५ को अवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
vote-count-congress22.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । आधा बढी मत गनिसक्दासम्म ९९ जनामध्ये शीर्ष ३५ मा रहनेको खाका बन्दै गएको छ । विशेषगरी दुई प्यानल खडा भएकामा थप विभिन्न प्यानलको रोजाइमा परेका डा. शशांक कोइराला शीर्ष स्थानमा रहेका छन् । 

अहिलेसम्म २३ सय ९३ मत गन्दा डा. कोइरालाको १९ सय ७१ मत रहेको छ । एनपी साउद दोस्रो तथा बालकृष्ण खाँड तेस्रो स्थानमा रहेका छन् । केन्द्रीय सदस्य खुलातर्फ ३५ जनाको लागि मतगणना भइरहेको हो । जसमा ९९ उम्मेदवार छन् । मतगणना हिजो बिहान ११ बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । विभिन्न १३ वटा समूहमा मतगणना भइरहेको हो । आज बिहानैदेखि शुरु गर्ने निर्वाचन समितिले जनाएको छ । 

यस्तो छ शीर्ष ४५ को मतपरिणाम 
१, डा शशांक कोइराला –१९७१
२, एनपी साउद–१५३८
३ बालकृष्ण खाँण –१५०७
४, रमेश लेखक–१४५१
५, उदय शमशेर राणा –१४४५
६, शंकर भण्डारी –१४३७
७, ज्ञानेन्द्रबहादुर कार्की–१४२३
८, रामहरि खतिवडा–१३९५
९, अर्जुननरसिंह केसी– १३८३
१०, गोपालमान श्रेष्ठ –१३२३
११, जिप छिरिङ्ग लामा–१३१२
१२, जीतजङ्ग बस्नेत–१२८३
१३, नैनसिंह महर–१२८३
१४, डा रामशरण महत–१२८१
१५, गोविन्द भट्टराई–१२७७
१६, सुनिलबहादुर थापा–१२४६
१७, बल बहादुर केसी–१२३३
१८, दिलेन्द्र प्रसाद बडू–१२३१
१९, मोहनबहादुर बस्नेत–१२०२
२०, दीपक गिरी–११७४
२१, सुरेन्द्रराज पाण्डे–११५१
२२, कुन्दनराज काफ्ले–११४३
२३, पद्मनारायण चौधरी–११३७
२४, गुरु बराल–१०३६
२५, सञ्जयकुमार गौतम–१००१
२६, गोविन्दराज पोखरेल–९६२
२७, गोपाल दहित–९३१
२८, राजीव ढुंगाना–९३५
२९, कृष्णकिशोर घिमिरे– ९२९
३०, दिनेश कोइराला –९२५
३१, वीरेन्द्रकुमार कनौडिया–९१९
३२, ई मोहन आचार्य–९१३
३३, अजयबाबु शिवाकोटी– ९०९
३४, मदनबहादुर अमात्य– ९०८
३५, उमेशजंग रायमाझी–८९१
३६, गणेश लामा–८८८
३७, मंगलप्रसाद थारु–८७१
३८, मनोजमणि आचार्य–८५४
३९, केदार कार्की–८१९
४०, यज्ञबहादुर थापा–८००
४१, शम्भुलाल श्रेष्ठ–७९१
४२, हरिप्रसाद नेपाल–७८७
४३, तीर्थराज खनियाँ–७८०
४४, गंगाधर तिवारी–७६२
४५, जनकराज गिरी–७४४

यस्तो छ केन्द्रीय सदस्य खुलाको स्थिति 
३५ जना खुला केन्द्रीय सदस्यमा ९९ जनाको उम्मेदवारी परेको छ । यो प्रतिस्पर्धामा ६४ जना बाहिरिने छन् । चर्चित अनुहार, पूर्व पदाधिकारीहरुदेखि लिएर नयाँ अनुहार यो समूहमा रहेकाले गणनाको बहुप्रतिक्षा भइरहेको छ । केन्द्रीय सदस्यको मतगणनामा सबैभन्दा बहुप्रतिक्षित समूह नै यही रहेको छ । 

संस्थापन इतरबाट समूह मिलाउन नसकेर सभापतिका आकांक्षी भएर पनि अन्तिम समयमा केन्द्रीय सदस्यमै उम्मेदवारी दिएका निवर्तमान महामन्त्री डा। शशांक कोइराला, सभापतिमै लड्ने अठोटसहित प्रचार गरेर केन्द्रीय सदस्यमै चित्त बुझाउन पुगेका गोपालमान श्रेष्ठको भिडन्त रोचक रहने छ । 

त्यस्तै उपसभापतिको उम्मेदवार हुने निश्चित जस्तै भएर पनि नेतृत्वमा साझा उम्मेदवार हुन्छ भने आफूले उपसभापति छाड्न तयार छु भनेर सदस्यमै उठेका अर्जुन नरसिंह केसी, संस्थापन पक्षमा भागबण्डा मिलाउन नसकेर महामन्त्रीका आकांक्षी भए पनि केन्द्रीय सदस्यको उम्मेदवारमा चित्त बुझाउन पुगेका बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक लगायतको भिडन्त रोचक हुनेछ । 

त्यस्तै केन्द्रीय सदस्यमा पहिलो पटक पदार्पण गर्न लागेका वौद्धिक क्षेत्रका प्राडा गोविन्दराज पोखरेल, पर्यटन व्यवसायी राजेन्द्र बजगाई, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीदेखि तरुण दलका अध्यक्ष जितजंग बस्नेतदेखि नेविसंघका अध्यक्ष राजीव ढुङ्गाना लगायतको  आकांक्षाको गणना पनि रोमाञ्चक नै हुनेछ । 

कांग्रेसको महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यस्तै तीन केन्द्रीय सदस्यको पनि परिणाम सार्वजनिक भइसकेको छ । प्रदेश २ को खुलाबाट आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल तथा महिलाबाट चित्रलेखा यादव केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

हरेक प्रदेशबाट २ खुला र १ महिला गरी तीन जना केन्द्रीय सदस्यहरु केन्द्रमा आउने छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ । 

३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गतताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । 

जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ