arrow

आजै ३५ केन्द्रीय सदस्यको अन्तिम परिणाम आउँदै, ९९ जनामध्ये को कुन स्थितिमा ? विवरणसहित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
congress-voting.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यहरुको मतगणना जारी छ । आधा बढी मत गनिसक्दासम्म ९९ जनामध्ये शीर्ष ३५ मा रहनेको खाका बन्दै गएको छ । विशेषगरी दुई प्यानल खडा भएकामा थप विभिन्न प्यानलको रोजाइमा परेका डा. शशांक कोइराला लोकप्रिय मतसहित शीर्ष स्थानमा रहेका छन् ।

उनको यो गति कायमै रहेमा जारी महाधिवेशनमा सबैभन्दा बढी मत पाउने उम्मेदवार बन्नेछन् । अहिलेसम्म पदाधिकारीमा महामन्त्री गगनकुमार थापा सबैभन्दा लोकप्रिय मतसहित विजयी भएका छन् ।  

अहिलेसम्म २३ सय ९३ मत गन्दा डा. कोइरालाको १९ सय ७१ मत रहेको छ । एनपी साउद दोस्रो तथा बालकृष्ण खाँड तेस्रो स्थानमा रहेका छन् । केन्द्रीय सदस्य खुलातर्फ ३५ जनाको लागि मतगणना भइरहेको हो । जसमा ९९ उम्मेदवार छन् ।

मतगणना हिजो बिहान ११ बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । विभिन्न १३ वटा समूहमा मतगणना भइरहेको हो । आज बिहान ९ बजेदेखि शुरु गर्ने निर्वाचन समितिले जनाएको छ । 

यस्तो छ ९९ जनाकै विवरण



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ