arrow

चिनियाँ परिवर्तनपछि पहिलो पटक हङकङमा विधान परिषदको निर्वाचन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
election-hongkong.jpg

काठमाडौं । हङकङमा विधान परिषदको निर्वाचन शुरु भएको छ ।  विपक्षी दलको विरोधकाबीच निर्वाचन भइरहेको हो । हङकङ सरकारले अलोकतान्त्रिक तवरले निर्वाचनलाई वैधता दिन लागेको विपक्षीको ठम्याइ छ । 

चीनले राजनीतिक परिदृश्यमा व्यापक परिवर्तन ल्याएपछि हङकङमा पहिलो पटक विधान परिषद्को निर्वाचन भइरहेको हो । सरकारले परिमार्जन गरिएको निर्वाचन प्रणालीले ‘देशभक्त’ लाई मात्र चुनावमा उभिन र अन्ततः राजनीतिक शक्तिको पदमा बस्न अनुमति दिने बताएको छ ।

सन् १९९७ मा बेलायती नियन्त्रणबाट चीनले लिएपछि ‘एक देश, दुई प्रणाली’ सिद्धान्तमा हङकङ चलिरहेको छ र हङकङकी प्रशासकीय प्रमुख क्यारी ल्यामले पहिलो मतदान गरेपछि मतदान शुरु भएको रोयटर्सले जनाएको छ ।  विधान परिषदको ९० सिटका लागि १ सय ५४ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

निर्वाचन सुरक्षाका लागि १० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनको विरोधमा उत्रिएका १० जना पक्राउ परिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ