खुला केन्द्रीय सदस्यको मत गणना जारी, साँझसम्ममा अन्तिम परिणाम आउने
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
637
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यहरुको मतगणना पुनः शुरु भएको छ । आइतबार विहान १०ः४५ बाट मत गणना शुरु भएको हो ।
शनिबार राति अबेरसम्म आधा बढी मत गनिसकिएको र आज आइतबार साँझसम्ममा खुल्लातर्फको गणना सक्नेगरी काम अघि बढाइएको कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। केन्द्रीय सदस्य खुलातर्फ ३५ जनाको लागि मतगणना भइरहेको हो । जसमा ९९ उम्मेदवार छन् ।
मतगणना हिजो शनिबार बिहान ११ बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । विभिन्न १३ वटा समूहमा मतगणना भइरहेको हो ।