arrow

फेरि कडा लकडाउन, जनवरी १४ सम्म विद्यालयसमेत बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
dutch-lockdown.jpg

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण डरलाग्दाे किसिमले फैलिन थालेसँगै नेदरल्याण्ड्सले क्रिसमसकाबीच कडा लकडाउनको घोषणा गरेको छ ।

त्यहाँ अत्यावश्यक बाहेकका पसलहरू, बार, जिम हेयरड्रेसर र अन्य सार्वजनिक स्थानहरू कम्तिमा जनवरीको मध्यसम्मका लागि बन्द गरिएका छन् ।

नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटेले लकडाउन अपरिहार्य भएको बताएका छन् । ओमिक्रोनको संक्रमण बढ्न थालेसँगै युरोपका देशहरुले कडा प्रतिबन्ध लागु गरिरहेका छन् ।

'म आज यहाँ निरासाजनकरुपमा उभिएको छु र अरुलाई पनि यस्तै लागिरहेको होला हामी फेरि भोलि (आइतबार) देखि लकडाउनमा जादैछौँ,' प्रधानमन्त्री रुटेले शनिबार भनेका थिए ।

 नेदरल्याण्ड्स सरकारले मानिसहरुलाई घरबाहिर नआउन निर्देशन दिएको छ । यस्तै त्यहाँ घरमा २ जना भन्दा बढी पाहुना न भित्र्याउन समेत भनिएको छ ।

यस्तै २४ देखि २६ डिसेम्बर र नयाँ वर्षको पूर्वसन्ध्या र नयाँ वर्षको दिनमा भने ४ जना पाहुनालाई भित्र्याउन दिने निर्णय गरेको छ ।

अन्त्येष्टि बाहेकका अन्य कुनै ठाउँमा भेला नहुन निर्देशन दिइएको छ । यस्तै कम्तिमा जनवरी ९ सम्मका लागि सबै विद्यालयहरु बन्द हुने भएका छन् ।

होटेलहरुले टेकअवे सेवा दिन सक्नेछन् । अहिलेका लागि यो लकडाउन जनवरी १४ सम्म लागु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ