arrow

फ्रान्स र जर्मनीले लगाए इङ्गल्याण्डबाट आउनेमाथि कडा प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
britain-mask.jpg

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेसँगै युरोपेली मुलुकहरुले विभिन्न किसिमका प्रतिबन्धहरु कडा पार्दै गएका छन् । यसबीच फ्रान्स र जर्मनीले इङ्गल्याण्डबाट कम भन्दा कम नागरिक मात्रै आफ्नो देश भित्रिन सक्ने किसिमले प्रतिबन्ध कडा पारेको छ ।

इङ्गल्याण्डमा रहेका जर्मन नागरिकले भने जर्मनी भित्रिन पाउने छन् तर, उनीहरुले खोप लगाएकै भए पनि कोरोना भाइरस संक्रमण परीक्षणको नेगेटिभ रिपाेर्ट देखाउनु पर्ने छ भने १४ दिन अनिवार्य क्वारेन्टिन बस्नु पर्नेछ ।

आइतबार साँझदेखि लागु हुने यी प्रतिबन्ध झैं फ्रान्सले पनि इङ्गल्याण्डबाट यात्रामा कडाइ गरेको छ । जर्मनीको संघीय एजेन्सी रोबर्ट कोच संस्थानले 'इङ्गल्याण्डलाई ओमिक्रोन संक्रमणको उच्च जोखिम क्षेत्र'का रुपमा राखिएको जनाएको छ ।

डेनमार्क, फ्रान्स, नर्वे र लेबननलाई पनि उच्च जोखिमको सूचीमा राखिएकाे र ती देशहरूबाट पनि यात्रामा प्रतिबन्ध लगाइने बताइएको छ ।

शनिबार इङ्गल्याण्डमा ९० हजार भन्दा बढी संक्रमित फेला परेसँगै जर्मनीले यस्तो निर्णय अघि सारेको हो । जसमा ओमिक्रोन संक्रमित मात्रै १० हजार बढी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ