arrow

शीख धर्मको निन्दा गरेको आरोपमा युवकको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
killed.JPG

काठमाडौं । भारतको पन्जावमा एक युवकको हत्या भएको छ । अमृतसरस्थिर गोल्डेन टेम्पलमा युवकको हत्या भएको हो । शीख धर्मको निन्दा गरेको आरोपमा एउटा समूहले युवकको हत्या गरेको हो । ती युवक नियमित साँझको प्रार्थनाको समयमा रेलिङ चढेर मन्दिरको गर्भगृहमा पुगेका थिए । 

उनले शीखहरुको पवित्र पुस्तक गुरु ग्रन्थ साहिव अगाडि रहेको एउटा तरबार समाउने प्रयास गरेका थिए । निधारमा पहेलो फेटा बाँधेका ती युवकको अस्वभाविक कार्य देखेपछि भक्तजनले उनलाई समाउने प्रयास गरेका थिए । 

सो घटनाबारे सार्वजनिक भएको एउटा सीसी क्यामेराको भिडियो फुटेजमा अन्दाजी २५ वर्षे ती व्यक्तिको अस्वभाविक गतिविधिपछि प्रार्थना गर्न आएका व्यक्तिले होहल्ला गरेका थिए । त्यसपछि उनी मन्दिरको रेलिङबाट हाम फालेका थिए ।

एकै क्षणमा मन्दिरमा जम्मा भएका केही व्यक्तिले उनलाई समातेर कुटेका थिए । लगत्तै उनको मृत्यु भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ