arrow

खुला ३५ केन्द्रीय सदस्यमा २९९३ मत गनियो, यस्तो छ ९९ जनाको अवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
congress-voting.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि मतगणना भइरहेको छ । हिजोदेखि शुरु भएको केन्द्रीय सदस्यको गणनामा हालसम्म २९ सय ९३ मत गणना भएको छ । जसमा शुरुआतदेखि नै डा. शशांक कोइराला शीर्ष स्थानमा रहेका छन् । 

उनले २४ सय ४२ मत पाएका छन् । त्यसैगरी एनपी साउद दोस्रो स्थानमा छन् । उनले १८ सय ९६ मत पाएका छन् । यसरी तुलना गर्दा शशांक यो महाधिवेशनकै सबैभन्दा लोकप्रिय मत पाउनेतर्फ अग्रसर भइरहेका छन् । पदाधिकारीमा भने गगनकुमार थापा सबैभन्दा लोकप्रिय मतसहित महामन्त्री बनेका छन् । 

केन्द्रीय सदस्यको गणनामा तेस्रो स्थानमा बालकृष्ण खाँण रहेका छन् । उनले १८ सय ५१ मत पाएका छन् । उदय शम्शेर राणा चौथो स्थानमा छन् । उनले १८ सय ८ मत पाएका छन् । पाचौं स्थानमा रमेश लेखक छन् । उनले १७ सय ८२ मत पाएका छन् । 

यस्तो छ ९९ जनाकै मतपरिणाम–

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ