arrow

हुथी विद्रोहीद्वारा यमनमा नयाँ क्षेत्र कब्जा गर्ने प्रयास

logo
सिन्ह्वा,
प्रकाशित २०७८ पुष ४ आइतबार
yaman-agitation.jpg

आदेन । यमनका हुथी विद्रोहीहरुले यहाँको एक नयाँ क्षेत्र कब्जा गर्ने प्रयास गरेका छन् । उनीहरुले सरकारी सुरक्षा निकायबाट सो क्षेत्र कब्जा गर्ने प्रयास थालेका बताइएको हो । 

यमनका विद्रोहीहरुले यमनको उत्तरपूर्वी क्षेत्रमा रहेको सो अल जबाफ नामको शहर कब्जा गर्ने प्रयास गरेका हुन् । उनीहरुले सो क्षेत्र कब्जा गर्नका लागि शनिबार रातिदेखि नै निकै प्रयास थालेका थिए । 

उनीहरुले निकै नै शक्तिशाली हतियारबाट सो शहरमा आक्रमण गरेका बताइएको छ । अल जबाफ प्रान्तामा रहेको अल जबाफ शहर उनीहरुले कब्जा गर्न थालेका हुन् । उनीहरुले सो क्षेत्र निकै रणनीतिक रुपमा महत्वको रहेकाले आक्रमण थालेका र आफ्नो बनाउन खोजेका बताइएको छ । 
सो शहर साउदी अरेबियाको सीमा क्षेत्रमा पर्दछ । यहाँ हुथीहरुले अधिकांश क्षेत्रहरु कब्जामा लिइसकेका सैनिक स्रोतले जनाएको छ । 

सैनिक स्रोतकाअनुसार सो क्षेत्रका अधिकांश क्षेत्र कब्जामा लिइएको र त्यहाँबाट सुरक्षाकर्मीहरु पनि भागेर अन्यत्रै पुगेका पनि बताइएको छ । आफ्नो नाम बताउन नचाहने एकजना सैनिक अधिकारीले भने सो शहरका अधिकांश भागमा हुथीहरुले कब्जा जमाइसकेका छन् । 

अहिले यहाँको सेनाले साउदी अरेबयाको सहयोग रहेको छ । यहाँको सेना साउदी अरेबियाको सेनाले नेतृत्व गरेर विभिन्न हवाई कारबाही गर्ने गरेको छ । 

यसरी हुथीहरुका विरुद्धमा गर्ने गरिएको कारबाहीमा परेर कैयौँ हुथीहरुको ज्यान जाने गरेको छ । तर यो पछिल्लो आक्रमण भने हुथी विद्रोहीहरुले साउदी अरेबियाको सीमा क्षेत्रमा नै पुगेर गरेका बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ