arrow

बाजौर बम विस्फोटमा दुई जनाको मृत्यु, पाँच घाइते

logo
सिन्ह्वा,
प्रकाशित २०७८ पुष ४ आइतबार
bomb1.jpg

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा एउटा गाडीमा भएको बम विष्फोटमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका प्रहरी र स्थानीय सञ्चारमाध्यमले आइतबार बताएका छन् ।

बाजौर जिल्लाको कमर सार क्षेत्रबाट राजनीतिक दलका कार्यकर्ता बोकेको गाडी गुड्ने क्रममा सडक किनारमा राखिएको बमसँग ठोक्किँएको प्रहरीले जनाएको छ ।

सुरक्षा बल र उद्वार टोलीहरू घटनास्थलमा पुगेका र घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्‍याइएको जनाइएको छ । घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

सुरक्षा बलले घटनास्थलको क्षेत्रलाई घेरेर अनुसन्धान अभियान सुरु गरेको जनाइएको छ ।  कुनै समूह या व्यक्तिले हालसम्म यस आक्रमणको दाबी गरेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ