arrow

राइ आँधीमा २०८ जनाको मृत्यु, ३ लाख विस्थापित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
philippines-hurricane.jpg
तस्बिर– फाइल

काठमाडौं । फिलिपिन्समा आएको शक्तिशाली आँधीमा कम्तिमा २०८ जनाको मृत्यु भएको छ । राई नाम दिइएको सो आँधीका कारण ५२ जना हराइरहेका छन् । राई आँधीलाई फिलिपिन्समा पछिल्लो ८ वर्षमा अहिलेसम्मकै विनाशकारी मानिएको छ । 

आँधीका कारण तीन लाख मानिस बिस्थापित भएका छन् । आँधीले दक्षिणपूर्वी तटीय क्षेत्रमा पूर्ण रुपमा क्षति गरेको रेडक्रसले जनाएको छ । ‘आँधीले अस्पताल, विद्यालय, सामुदायिक भवन ध्वस्त भएका छन्,’  रेडक्रसका अध्यक्ष रिचर्ड गोर्डनले भने । 

प्रभावित क्षेत्रमा आँधीका कारण घरका छाना भत्किनुका साथै रुख तथा पोलहरु ढलेका छन् । आँधी प्रभावित क्षेत्रमा खानेपानी र विद्युत अवरोध भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ